रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक

0
Shares

दोलखा। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले नगर तथा गाउँपालिकामा पार्टीलाई सांगठनिक रुपमा मजबुद तथा गतिशील बनाउन जिल्ला समितिको तर्फबाट संयोजक तोकेको छ । 

रास्वपा दोलखाका अनुसार भीमेश्वर नगरपालिकामा जिल्ला सभापति दिनेश थापा संयोजक तोकिएका छन् । उनले जिल्लाको सबै पालिकाहरुमा अनुगमनको नेतृत्व गर्ने पार्टी जिल्ला समितिले जनाएको छ । 

पार्टी जिल्ला समितिले मेलुङ गाउँपालिकाको संयोजकमा जिल्ला समिति उपसभापति कृष्ण बहादुर खड्का, बैतेश्वर गाउँपालिकाको संयोजकमा जिल्ला समिति सचिव रमेश कुमार श्रेष्ठ, तामाकोशी गाउँपालिकाको संयोजकमा जिल्ला समिति सह– सचिव अर्जुन कार्की, जिरी नगरपालिकाको संयोजकमा जिल्ला समिति कोषाध्यक्ष प्रभा खाती घिमिरे, विगु गाउँपालिकाको संयोजकमा जिल्ला समिति सदस्य ओमकृष्ण शर्मा, कालिञ्चोक गाउँपालिकाको संयोजकमा जिल्ला समिति सदस्य प्रजिना थापा, शैलुङ गाउँपालिकाको संयोजकमा जिल्ला समिति सदस्य चिरञ्जीवी खरेल र गौरीशङ्कर गाउँपालिकाको संयोजकमा जिल्ला समिति सदस्य सुनिता पाण्डेलाई तोकेको छ । 

संयोजकहरुले पालिकाका सभापति र विभाजित पदाधिकारी– सदस्यहरु संग समन्वय र सहकार्य गरी पार्टीको सांगठनिक गतिविधि गर्ने सह– सचिव अर्जुन कार्कीले बताए । पार्टी विधानको दफा ७ को (च) अनुसार संयोजकको जिम्मेवारी दिइएको सह– सचिव कार्कीको भनाई छ । त्यसैगरी पार्टी कामलाई छिटो, छरीतो र प्रभावकारी ढङ्गले अगाडि बढाउन जिल्ला सभापति, उपसभापति, सचिव, सह– सचिव, कोषाध्यक्ष र जिल्ला समिति सदस्य प्रजिना थापा तथा ओमकृष्ण आचार्य रहेको जिल्ला पार्टी सचिवालय गठन गरिएको कार्कीले बताए ।

त्यसैगरी रास्वपा दोलखाले बाबुलाल लामाको अध्यक्षतामा पूर्ण बहादुर तमाङ, बद्री कटुवाल, बद्री बहादुर खड्का, पुष्कल बहादुर कार्की, दुर्गादेवी कार्की र कमल थोकर सदस्य रहेको जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ । त्यसैगरी सह– सचिव अर्जुन कार्की प्रमुख तथा सोभित उप्रेती, निशान बुढाथोकी, नविन खत्री, इराजन पोखरेल, देवकृष्ण आचार्य र सिता गौतम सदस्य रहेको संगठन विभाग, ओमकृष्ण आचार्य संयोजक, दिल बहादुर केसी उपप्रमुख, जयराम खड्का सचिव तथा देवी घिमिरे, भवानी प्रसाद थपलिया र शङ्कर उप्रेती सदस्य रहेको अभियान तथा प्रचार विभाग गठन गरेको सह– सचिव कार्कीले बताए ।