आईपीएलमा दिल्लीले लखनउलाई १९ रनले हरायाे

238
Shares

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो।

दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन मात्र बनाएको थियो। यस अघि दिल्लीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएको थियो।

योसँगै दिल्लीले यस सिजनका लिग चरणका सबै १४ खेल खेलेको छ। दिल्ली १४ खेलमा १४ अङ्कसहित अङ्कतालिकामा पाँचौँ स्थानमा रहेको छ। प्लेअफको सम्भावना भने अब अन्य टिमको नतिजामा भर पर्ने छ। अहिलेसम्मको अङ्क तालिका अनुसार दिल्ली प्लेअफबाट बाहिर रहेको छ।

त्यसै गरी लखनउको यो हारपछि प्लेअफको सम्भावना कठिन बनेको छ। लखनउको १३ खेलमा १२ अङ्क रहेको छ। लखनउले अब अन्तिम खेल आगामी शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने तालिका रहेको छ।