ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी



काठमाडौं ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउडलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-२ गोलले पराजित गरेको हो।

अल नासरको जितमा मार्सेलो ब्रोजोभिकले ९१औ मिनेटमा निर्णायक गोल गरेका थिए। यस अघि उनले खेलको सातौँ मिनेटमा सुरुवाती गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। त्यस्तै यस खेलमा खेलको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए।

त्यसै गरी अल अखडोउडका लागि हसन अल हबिब र साभियोर गडविनले एक एक गोल गरेका थिए। यो जितपछि अल नासरको ३१ खेलमा ७७ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

अल  नासर शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा ९ अङ्कले पछाडि रहेको छ । यद्यपि अल हिलाल एक खेल कम खेलेको छ। त्यसै गरी अल अखडोउडको भने ३१ खेलमा २८ अङ्क रहेको छ र लिगमा १५औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्