आरसी ३२ शीर्ष स्थानमा



काठमाडौं ।

आरसी ३२ फुटबल एकेडेमी सातदोबाटोमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार भएको खेलमा स्पोर्टस एकेडेमी साँगालाई २–० ले पराजित गर्दै आरसी ३२ शीर्ष स्थानमा उक्लिएको हो।

टोलीलाई जित दिलाउन सुजन बलम्पाकीमगर र सञ्जय सुब्बाले गोल गरेका थिए। आरसी ३२ को १६ अंक हुँदा पराजित साँगाको ९ अंक रहेको छ। साँगा छैटौं स्थानमा छ।

यस्तै हिजै सम्पन्न खेलमा झम्सिखेल युवा क्लबले पनि जित निकालेको छ। झम्सिखेलले स्वयम्भू क्लबलाई १–० ले हराएर तीन अंक समेत जोडेको हो। टोलीलाई जित दिलाउन अविनाश चौधरीले निर्णायक गोल गरेका थिए।

यो नतिजापछि झम्सिखेल १० अंकसहित पाँचौं स्थानमा उक्लियो भने पराजित स्वयम्भू पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्