संगीतमा मिठो माया


काठमाडौं ।

गायक गायिका हर्क चाम्लिङ र अनु चौधरीको स्वरमा तिम्रो मिठो मायाले बोलको गीत हालै भिडियोसहित सार्वजनिक गरिएको छ। सौगातजंग थापाको संगीत र उत्तम बर्तौलाको शब्द रहेको गीत विशाल निरौलाले एरेन्ज गरेका हुन्।

विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र सोफिया दरेलले अभिनय गरेका छन्। केशवराज भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन र दिन्सन शाहको सम्पादन रहेको छ।

हर्क चाम्लिङ अफिसियल युट्युब च्यानबाट सार्वजनिक गरिएको गीतका निर्माता देवी राई हुन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।