टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी


काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा मोहमद सलाह, आड्रेउ रोबेर्टसन, कोडी गाक्पो र हार्भी एल्लीओटले एक एक गोल गरेका थिए। त्यसैगरी टोटनह्यामका लागि रिचार्लिसन र सन हेंग मिनले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको ३६ खेलमा ७८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी टोटनह्यामको भने ३५ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।