इन्टर मियामीको फराकिलो जित



काठमाडौं ।

अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले एनवाइ रेड बुल्सलाई फराकिलो अन्तरले पराजित गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले एनवाई रेड बुल्सलाई ६-२ गोल अन्तरले पराजित गरेको हो।

इन्टर मियामीको जितमा लुइस स्वरेजले ह्याट्रिक गरेका थिए। त्यस्तै यस खेलमा माटियास रोजासले २ तथा लियोनेल मेसीले एक गोल गरेका थिए। त्यस्तै यस खेलमा मेसीले ५ गोल असिस्ट गरेका थिए।

त्यस्तै रेड बुल्सका लागि दान्टे फोर्सबर्ग र एमिल फोर्सबर्गले एक एक गोल गरेका थिए। यो जितपछि लिगको इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको १२ खेलमा २४ अङ्क भएको छ र शीर्ष स्थानमा रहेको छ। त्यस्तै एनवाई रेड बुल्सको ११ खेलमा १७ अङ्क रहेको छ र चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्