वोल्भ्समाथि म्यानचेस्टर सिटी ५-१ ले विजयी



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्समाथि फराकिलो जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ४ गोल गरेका थिए। त्यस्तै एक गोल जुलियन अल्भारेजले गरेका थिए। त्यसै गरी वोल्भ्सका लागि एक गोल ह्वांग ही चानले गरेका थिए। यो जितपछि म्यानचेस्टर सिटी यस सिजनको लिग विजेताको दौडमा प्रबल दाबेदारको रूपमा कायम रहेको छ।

शीर्ष स्थानमा रहेको आर्सनलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३५ खेलमा ८२ अङ्क रहेको छ भने आर्सनलको ३६ खेलमा ८३ अङ्क रहेको छ। त्यसै गरी वोल्भ्सको भने ३६ खेलमा ४६ अङ्क रहेको छ र लिगमा ११औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्