आईपीएलमा बैंगलुरुले गुजरातलाई हरायो



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा बैंगलुरुले गुजरातलाई ४ विकेटले पराजित गरेको हो।

गुजरातले दिएको १४८ रनको लक्ष्य पछ्याएको बैंगलुरुले १३.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यस अघि गुजरातले टस हारेर पहिला ब्याटिङ गर्दै १९.३ ओभरमा अल आउट हुँदै १४७ रन बनाएको थियो।

यो जितपछि  बैंगलुरुको ११ खेलमा ४ जितसहित ८ अङ्क भएको छ र सातौँ स्थानमा उक्लिएको छ। त्यस्तै गुजरातको भने यो सातौँ हार हो। ११ खेलमा ८ अङ्क रहेको गुजरात नवौँ स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्