संगीतमा सिरानीको साथी



काठमाडौं ।

गायक वसन्त थापाको नयाँ गीत सिरानीको साथी सार्वजनिक भएको छ। सेन्टिमेन्ट शैलीको गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ।

गीतमा आफ्नी प्राण पियारी (श्रीमती) पैसाको लोभमा विदेशिन लागेपछि श्रीमान्को मनमा उब्जिएको पीडा व्यक्त गरिएको छ। गीतले विदेशिनेलाई स्वदेशमै रहनसमेत सन्देश दिन्छ।

गीतको भिडियोमा दिक्पाल कार्की र सेजल कफियाले अभिनय गरेका छन्। दिक्पाल र सेजल भिडियोमा श्रीमान् श्रीमतीको रूपमा देखिएका छन्। अमृत सुनुवारको छायांकन, शौखिन तिमल्सिनाको सम्पादन रहेको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्