नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो खेल आज



काठमाडौं ।

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ। टियु क्रिकेट मैदानमा हुने यो खेल अपराह्न १२: १५ बजेदेखि सुरु हुने छ ।

यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ। २०५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम छानेको छ। नेपालले सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाँचौँ खेल मे ४ मा खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्