मलामी गएका एक जना भेरी नदिमा बेपत्ता, खोजीमा गोताखोरकाे टोली परिचालन   



पश्चिम रुकुमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदिमा बेपत्ता भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
सोही नगरपालिका–९ कोटजहारी बस्ने करीव ६१ वर्षिय नारायण खड्का मलामी गएको समयमा बैशाख १२ गते दिउँसो सो नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट  ६ जनाको गोताखोर टोली बिहिबार उनकोे खोजीकार्यको लागि उक्त स्थानमा पुगेको थियो । दिउँसो ३ बजेदेखि खोजीकार्य गर्दा उनको शव नभेटिएपछि सो टोली आश्रित गुल्म जाजरकोटमा फर्किएको छ भने शुक्रबार बिहानैदेखि उनको खोजीकार्यमा परिचालित हुनेछ ।
त्यस्तै चितवन र तनहुँको बीच भागमा पर्ने मुग्लिन पुल नजिकै त्रिशुली नदिको बीच भागमा अड्किएका एक पुरुषको शव सशस्त्र प्रहरीले बैशाख १३ गते बाहिर निकालेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनबाट  त्रिशुलीको बीच भागमा शव अड्किएको भन्ने जानकारी पाए लगत्तै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको सुरक्षा फौजले उक्त शव पानीबाट बाहिर निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्