अनशनमा बसेका पीडित परिवारमाथि प्रहरीकाे धडपकट



काठमाडौं ।

आमरण अनशनमा बसेका रुसी सेनामा रहेका नेपालीका पीडित परिवारलाई प्रहरीले धडपकट गरेको छ । रुसी सेनामा रहेका आफन्तलाई सकुशल नेपाल फर्काउन र बेपत्ता तथा मृतकको पहिचान गरी स्वदेश ल्याउन पहल गर्नुपर्ने माग गर्दै गत साता देखि अनशनमा बसेका पीडित परिवारलाई प्रहरी उठाएर सिंह दरबार बृत्तमा ल्याएको हो ।

उनिहरुलाई के कारण त्यहाँबाट उठाएर प्रहरी कार्यालय ल्याएको भन्ने आफैलाई थाहा नभएको रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी अभियान्ता कृतु भण्डारीले जानकारी दिइन् । भण्डारी सहित करिव ३ जर्दन पीडित परिवारका सदस्यहरुले गत बैशाख ७ बाट अनशन सुरु गरेका थिए । माइतिघर मण्डलामा अनशन बसेका उनिहरु ८ गते त्यहाँबाट भृकुटीमण्डपमा सरेर अनशन जारी राखेका थिए ।

रुसको युद्धमा फसेका नेपालीहरुको जिवनरक्षका लागी नेपाल झिकाउन कुटनीतिक पहल गर्न सरकारसँग माग गर्दै विगत ३ महिना देखि विभिन्न चरणमा ज्ञापन पत्र, धर्ना र खवरदारी गर्दा समेत सरकारले नसुनेपछि ७ गतेबाट आमरण अनशन बस्न बाध्य भएको भण्डारीले बताईन् । रुसी सेनाका परिवारको समस्या समाधानका सात दिन सम्म अनशन बस्तापनि सरकारले बेवास्था गरिरहेको उनको भनाई छ ।

अनशनको सातौ दिनमा रसियन एमबिसीमा धर्ना दिन जाने तयारी गरेका अनशनकारी मध्इ ६ जनालाई प्रहरीले सिंहदरबार परिसरमा ल्याएर राखेको छ । अनशनका क्रममा विरानमी अवस्थामा पुगेका उनिहरुलाई हातमा लगाएको स्लाइन समेत थुतेर जवरजस्त धडपटक गरेको अभियान्ता भण्डारीले गुनासो गरिन ।

प्रतिक्रिया दिनुहोस्