धनुषामा प्रहरी र स्थानीयबीच झडप, ७ सेल अश्रुग्यास प्रहार



धनुषा ।

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न हुँदा एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्