रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति गर्दैन् : रवि लामिछाने



काठमाडाैं  ।

रास्वपाका सभापति रवि लामिछानेले आफू नेतृत्वको दल खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

आज इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै आफूहरु बहुपहिचानको पक्षमा रहेको स्पष्ट पारेका छन्। ‘बरु चुनाव हारौंला तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति गर्दैनौं। बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एकल पहिचानले हित गर्दैन’ उनले भने। रास्वपाले सबैभन्दा बढी पहिचानको मुद्दालाई व्यवहारमा उतारेको उनको भनाइ थियो।

उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आचार संहिता अक्षरश पालना गराउन सुरक्षा निकायलाई दिर्नेशन दिँदै मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी पनि दिए ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। ‘मौन अवधि भनेको मनि ९पैसा० अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला’, गृहमन्त्री लामिछानेले चेतावनी दिँदै भने, ‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नगरोस्।’

आचार संहिता उलंघन गर्नेलाई कानूनको दायरामा ल्याएरै छोड्ने उनको दृढता थियो। लामिछानेले काठमाडौं, चितवन र तनहुँमा जस्तै इलामबासीले पनि जोडदार रुपमा घण्टी बजाउने विश्वासका साथ आग्रह गर्नुभयो, ‘यथास्थिति रोज्ने कि परिवर्तन विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्