नेपाल र कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर



काठमाडौं ।

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ।

होटल सोल्टीमा कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। नेपालका तर्फबाट कानूनमन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरे ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए।

सोल्टीको द्विपक्षीय वार्तापछि प्रधानमन्त्री प्रचण्डले कतारी राजा थानीको सम्मान होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्। कतारी राजा थानी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्