प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानीबीच भेटवार्ता



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ। मङ्गलबार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा बुधबार बिहान भेटवार्ता भएको हो।

भेटवार्ता सकिएकाले अब नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसपछि केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ। यसै गरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले कतारी राजा थानीको सम्मानमा होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्। उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्