कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए



काठमाडौं ।

प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली स्वदेश फर्किएको छ ।

बैशाख ७ देखि ८ गतेसम्म भारतको केरलामा भएको उक्त प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पदक विजेता खेलाडीसहितको टोलीलाई भेट गरी बधाइ दिएका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघहरुले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघका गतिविधिको पनि अनुगमन गरिने बताए ।

नेपालका लागि योगेन्द्र बिष्टले ८१ केजी समुहमा र दिक्षा मगरले ४४ केजी समुहमा स्वर्ण पदक जितेका छन् । त्यसैगरी दिपिका अचाजुले ८७ केजी समुहमा, परि घर्ती क्षेत्रीले ६३ केजी समुहमा र अर्जुन क्षेत्रीले ६० केजी समुहमा रजत पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्