सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु



काठमाडौं ।

विभिन्न स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

जाजरकोट, जुनिचाँदे गाउँपालिका-६ रामेलास्थित सडकमा भे।२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ गर्खाकोट बस्ने १४ वर्षीय नवराज चदराको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकी गर्खाकोट हुँदै थप उपचारको लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान कालागाउँ सुर्खेत पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संखुवासभा, चिचिला गाउँपालिका-२ छ्याकुटीस्थित सडकमा चिचिलाबाट खाँदवारीतर्फ जाँदै गरेको प्र।१-०२-००३ त १८८३ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा चालक चिचिला गाउँपालिका-२ बस्ने ३२ वर्षीय दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-३ बेलचोक नजिक बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको ना।६५ प ६२०६ नम्बरको मोटरसाइकलको

ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-११ गणेस्थान बस्ने ६० वर्षीय कुमार गुरूङको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ लोहरौलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री शिवराज नगरपालिका-८ पतपर बस्ने ४० वर्षीय राजाराम पासीको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

डडेल्धुरा, अमरगढी नगरपालिका(७ भमाडीस्थित सडकमा बेलापुरबाट सदरमुकाम डडेल्धुरातर्फ जाँदै गरेको से।१ च २०६७ नम्बरको कार अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा कारमा सवार अमरगढी नगरपालिका-७ बस्ने ५० वर्षीय केशब भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ ।

दैलेख, आठबिस नगरपालिका-३ धौलाकोटस्थित सडकमा भे।६ प ६९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ स्यालागाउँ बस्ने २२ वर्षीय दिपेन्द्र शाहीको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल सुर्खेतमा मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाही, बरहथवा नगरपालिका-१५ हरपुर्वास्थित सडकमा हरपुर्वाबाट पिपराभित्तातर्फ जाँदै गरेको अ।प।अ। १०३७ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बरहथवा नगरपालिका-५ बस्ने १७ वर्षीय राज कुमार सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सर्लाही गोल्डेन अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको बर्दिबासस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्