कतारी अमिर थानी शितल निवास पुगे



काठमाडौँ ।

नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी शितल निवास पुगेका छन् ।

आजै काठमाडौँ आइपुगेका अमिर थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास पुगेका हुन् ।

अहिले कतारी अमिरले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरिरहेका छन् । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्दै छन् ।

यस अघि त्रिभुवन विमानस्थलमा कतारी अमिर थानीलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्