कतारका अमिर थानीलाई नेपालमा स्वागत



काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका छन् ।

थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

उनको सम्मानमा नेपाल सरकारले आज नेपालभर सार्वजनिक बिदा समेत दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्