कतारका राजा थानीलाई रुद्रकली र खगेन्द्रप्रसाद उपहार



काठमाडौ ।

नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ती यपहार दिने भएको छ ।
नेपालको इतिहासमा पहिलो पटक नेपाल आएका राजा थानीलाई चितवनमा रहेको रुद कली र खगेन्द्रप्रसाद नाम गरेका हात्ती उपहार स्वरुप दिन लागिएको बताइएको छ ।

चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले कतारलाई उपहार स्वरुप दिने हात्तीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।

दुबै हात्ती तालीम प्राप्त हुन । उपहार दिने हात्तीको स्वास्थ्य परीक्षण समेत गरिएको र ती दुवै हात्तीको स्वास्थ्यमा कुनै समस्या नरहेको निकुन्ज कार्यालयले जनाएको छ ।

कतारबाट आएका प्रबिधिकहरुले नेपालले उपहानर स्वरुप दिन लागेको हात्तीको अवस्थाको बारेमा जानकारी लिएको र नेपालका प्राधिबिकले पनि कतारमा हात्ती राख्ने ठाउंको निरीक्षण गरिसकेको छ । ती दुवै हात्तीलाई कतार एयर मार्फत लैजाने तयारी समेत गरिएको छ ।

नेपालले कतारलाई पहिलो पटक हात्ती उपहार दिन लागेको हो । नेपालले यस अघि गैडा, बाघ लगायतका जनावर उपहार दिएपनि हात्ती उपहार दिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्