जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए



काठमाडौँ।

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको नन्दचोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा दुईजना युवा-युवती मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत भेटिएकाहरूमा महोत्तरीको पिपरा–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी–४ की २५ वर्षीया प्रियंका कापर छन् ।

उनीहरु दुवैजना ४ दिनदेखि उक्त होटलमा बसेका थिए । तर उनीहरू दम्पती नरहेको पनि धनुषा प्रहरीले जानकारी दिएको छ ।

उक्त गेस्ट हाउसको कोठामा मृत भेटिएकी महिलाकी साढे २ वर्षीया छोरी पनि भेटिएकी छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्