औषधिको केमिकल बोकेको ट्रकमा आगलागी 



धादिङ । 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ट्रकमा आगलागी भएको छ । भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौँ तर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको हो ।

केमिकलहरु एक आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विकले  बताए । गुड्दा गुड्दै एक्कासि सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवै तर्फी सवारी रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकोले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थल आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्