सबै जातजातिको सम्मान गर्ने पार्टी कांग्रेस हो  : स्वास्थ्यमन्त्री सुनुवार 



ओखलढुंगा ।

कोशी प्रदेशका स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवारले सबै जातजातिको उचित सम्मान गर्ने पाटी नेपाली काङ्ग्रेस रहेको बताएका छन् ।

देऊ माई नगरपालिका इलाममा रहेका सुनुवार समुदायका नागरिकहरु सङ्गको भेट घाटका क्रममा मन्त्री सुनुवारले उक्त  कुरा बताएका हुन ।
आफू  काङ्ग्रेस भएकै कारण अल्पसङ्ख्यक सुनुवार समुदायकै पहिलो मन्त्री बनेको मन्त्री सुनुवारले बताएका छन् ।

नेपाली काङ्ग्रेस पाटी मात्रै पूर्ण समानुपातिक पाटी रहेकोले काँग्रेस पार्टीले  पाटीको नेतृत्व देखि स्थानीय तह, प्रदेश सभा र सङ्घीय सभामा पूर्ण समानुपातिक तवर टिकट वितरण गर्दै आएको मन्त्री सुनुवारको भनाई रहेको छ ।

देऊ माई नगरपालिकामा मन्त्री सुनुवारसँग छलफलमा रहेका सुनुवार समुदायका माझ मन्त्री  सुनुवारले आसन्न १५ गतेको उप निर्वाचनमा इलाम क्षेत्र नं २ मा नेपाली काङग्रेसका उम्मेदवार डम्बर खडकालाई मतदान गर्न अपिल गरेका छन् । मन्त्री सुनुवारले विगतमा नेकपा एमालेका नेता शेर धन राईले आफू  बहुमत सहितको सरकारको मुख्य मन्त्री हुँदा समेत प्रदेशको नाम पहिचान सहितको नामकरण गर्न नसकेको बताएका छन्  ।

यसैगरी  एमालेकै मुख्य मन्त्री हिक्मतबहादुर कार्कीको सरकारले कोशी प्रदेशको नामकरण गरेको र नेपाली काँग्रेस अल्पमतमा रहेका कारण फरक मत राख्न नसकेको मन्त्री सुनुवारले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्