अर्थसचिवमा फर्किए मरासिनी



काठमाडौं ।

सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो।

मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको थियो । उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए ।

सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्