म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा



काठमाडौं ।

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ। गए राति सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा ३-३ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो।

पेनाल्टी सुट आउटमा म्यानचेस्टर युनाइटेड ४-२ ले विजयी भएको थियो। अब एफए कपको फाइनल म्यानचेस्टर डर्बी हुने भएको छ। आगामी मे २५ मा हुने फाइनल खेलमा म्यानचेस्टरका दुई प्रतिद्वन्दी युनाइटेड र सिटी भिड्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्