मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने गरी तय भएको हो। बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै छन्। बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्