कतारका अमिर थानी मंगलबार नेपाल आउँदै



काठमाडौं ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लाग्नुभएको हो।

भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्नुहुनेछ। अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको समेत आयोजना गर्ने कार्यक्रम रहेको छ।

अमिर थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नुहुने भएको छ। वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।

अमिर थानी बुधबार नै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्