सत्ता टिकाउन, तर्साउने र बचाउने खेल मात्रै चल्यो : डा.भट्टराई



बुटवल ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।

उहाँले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको जिकिर गर्नुभयो ।

आइतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा डाक्टर भट्टराईले देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरु धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको, सरकारले उठाएका ठूला फाईलहरुको हालसम्म कुनै टुङ्गोमा पु¥याउन नसकेको जनाउँदै सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको दाबी गर्नुभयो ।

अध्यक्ष भट्टराईले चुनाबलाई महंगो बनाउने र नागरिकले दिएको भोटले जितेर त्यसको फाईदा विभिन्न नाममा भ्रष्टाचार गर्ने प्रवृत्तिले देश ठूलो भड्खालो जाँदै गरेको उल्लेख गर्नु भयो ।

देशमा उदाएका नयाँ शक्तीहरुको उपयुक्तता नहुने ठोकुवा गर्दै अब देशको विकासका लागि विभिन्न दिशामुखि दलहरु भन्दा देशलाई नेपालमुखि दल चाहिएकाले आफ्नो पार्टीलाई नयाँ बैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको बताउनु भयो ।

अहिलेको राजनीतिक गठबन्धन ठगबन्धन भएको बताउँदै यसप्रति जनताहरुले यसबाट कुनै नयाँ परिवर्तनको अपेक्षा नराखेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्