एमाले प्रतिनिधि परिषद् बैठक : समूह छलफल सकियाे



काठमाडौं ।

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समूह छलफल सकिएको छ ।
बैठकमा शनिबार प्रस्तुत भएका प्रतिवेदन माथि समूहगत छलफल भएको हो । प्रतिनिधिको ६ वटा समूह बनाई समूह छलफल गरिएको थियो । बैठकमा २४ सय ५४ प्रतिनिधि सहभागी छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको हो ।
बैठकमा समूहगत छलफलका साथै व्यक्तिगत र लिखित रूपमा थप विचार तथा सुझाव पनि दिइएको छ ।

समूहगत छलफलको निष्कर्ष समूह नेताहरूले प्रस्तुत गरेका छन् । समूह एकबाट मोहनमाया ढकाल, दुईबाट कृष्णप्रसाद जैसी, तीनबाट ठाकुर गैरे, चारबाट शान्ति पाख्रिन, पाँचबाट ऋषिकेश पोखरेल र ६ बाट श्यामकुमार बस्नेतले प्रतिवेदन माथिका समूह छलफलका सुझाव प्रस्तुत गरेका छन् । ती सुझाव समेत समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिइने छ । परिषद् बैठक आजै समापन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्