काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर



काठमाडौं ।

काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ। आज काठमाडौं विश्वको तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत रहेको छ। पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शीर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ।

यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ। प्रदूषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रूपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वासप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ करका रूपमा लिइन्छ।

२०१ देखि ३०० सम्मको अति अस्वस्थ अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ। काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्