वोल्भ्समाथि आर्सनलको सहज जित



काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो। आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए।

यो जितपछि आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। ३३ खेलमा ७४ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। त्यसै गरी वोल्भ्सको भने ३३ खेलमा ४३ अङ्क रहेको छ र लिगमा ११औ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्