इन्टर मियामीको जितमा मेसीको दुई गोल



काठमाडौं ।

अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए। त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए।

यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अङ्क भएको छ र शीर्ष स्थानमा कायम छ । त्यसै गरी नाशभिलेको भने ८ खेलमा ७ अङ्क रहेको छ र लिगमा १४औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्