रक्सी र मासुमा भोट खेर नफल्नु होला : रवि लामिछाने



काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको बताएका छन् ।

चुनावी प्रचार प्रसारका क्रममा इलाम पुगेका लामिछानेले इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै रक्सी र मासुमा भोट खेर नफाल्न मतदातासँग आग्रह गरे ।आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको उनले बताए।

‘हाम्रो त पानी खुवाउने पैसा पनि छैन । रक्सी, मासु त कसरी बाँड्नु ।’उनले भने।

रास्वपाले यतिखेर आफ्नो ध्यान इलाम २ को उपनिर्वाचनमा केन्द्रित गरेको छ । लामिछाने उम्मेदवार लिम्बूलाई भोट माग्न दोस्रो पटक इलाम २ गएका हुन् ।

यसअघि मन्त्रीहरू सुमना श्रेष्ठ, डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ पनि इलाम २ पुगेर लिम्बूलाई भोट मागेका छन् ।

रास्वपाका अन्य नेताहरू पनि इलाममा जाने आउने गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्