एसीसी प्रिमियर कप

युएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल



काठमाडौं ।

एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा युएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। युएईले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ।

साउदी अरेबियाविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन्। नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन्।

यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ। नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन्। जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ।

प्रतिक्रिया दिनुहोस्