हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) ले मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई १२ लाख भारु जरिवाना तिराएको छ। गए राति सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरिवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ।

कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पुरा गर्न सकेका थिएनन्। अब हार्दिकले फेरी यो गल्ती दोहोर्‍याएमा उनलाई यस भन्दा ठुलो जरिवाना हुने बोर्डले जनाएको छ।

यस सिजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्