पुल्चोक स्पोर्ट्स शीर्ष स्थानमा



काठमाडौं ।

झम्सिखेल युथ क्लबविरुद्ध पुनरागमन जित निकाल्दै पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक सी डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको पहिलो खेलमा पुल्चोकले एक गोलले पछि परेको स्थिति उल्टाएको हो। पुल्चोकले १ को बदला ४ गोल गरेपछि झम्सिखेल ४–१ ले पराजित हुनु परेको थियो।

ओम धामीले १९औं मिनेटमा गोल गर्दै झम्सिखेललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै पुल्चोक खेलमा फर्किएको थियो। चौथो मिनेटमा मदन पौडेलले गोल गर्दा सातौं मिनेटमा श्यारब लो तामाङले पेनाल्टीमा गोल गरेका थिए। योसँगैं पुल्चोकले २–१ को अग्रता बनायो।

श्यारबले नै ५१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पुल्चोकलाई ३–१ को अग्रता दिलाए। चौथो गोल समीप ढकालले ६४औं मिनेटमा गरेका थिए। लगातार तीन जितपछि पुल्चोक समान ९ अंक जोडेको आरसी ३२ फुटबल एकेडेमीलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भयो। झम्सिखेलको भने यो दोस्रो हार हो। तीन खेलबाट टोलीको ३ अंक छ।

प्रतिक्रिया दिनुहोस्