श्रीलंकाकी ब्याटरले १ सय ९५ रन बनाइन्



एजेन्सी ।

श्रीलंकाकी ब्याटर चमारी अटापटुले महिला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान रचेकी छन्। बुधबार दक्षिण अफ्रिकाविरुद्धको खेलमा अटापटुले १ सय ९५ रन बनाएकी हुन् । यो महिला एकदिवसीय क्रिकेटमा सर्वाधिक व्यक्तिगत उच्चतम रन बनेको हो।

यसअघि दक्षिण अफ्रिकाकी कप्तान लाउरा वोल्भार्टले १ सय ८४ बनाएर पछिल्लो १ सय ५२ व्यक्तिगत रनको कीर्तिमान तोडेकी थिइन्। उनको सहयोगमा दक्षिण अफ्रिकाले ३ सय १ रन बनाएको थियो।

तर, जवाफमा अटापटुले उत्कृष्ट ब्याटिङ गर्दै लाउराको कीर्तिमान भंग गर्नुका साथै श्रीलंकालाई समेत कीर्तिमानी जित दिलाइन्। श्रीलंकाले महिला एकदिवसीयमा सर्वाधिक उच्चतम लक्ष्य पार गरेको कीर्तिमान बनाउन सफल भएको हो।

प्रतिक्रिया दिनुहोस्