विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाउने



काठमाडौं ।

काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् ।

महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाबाट अनुगमनको क्रममा प्रचलित ऐन, कानुन, मापदण्ड र निर्देशिका विपरित विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको पाइएमा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा ऐन, २०७५ काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित ऐन नियमबमोजिम कारवाही गरिने जानकारी गराएका छ ।

प्रतिक्रिया दिनुहोस्