काठमाडौँ महानगरले किन तिरायो राप्रपालाई जरिवाना ? 



काठमाडौँ। 

महानगरपालिकाले अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजधानी सहरलाई फोहोर बनाउन उद्धत रहेको भन्दै ५ हजार २ सय २२ रुपियाँ  ८१ पैसा जरिवाना गर्ने निर्णय गरेको छ ।

सो पार्टीले गत चैत २७ गते राजा फर्काउने आन्दोलनका क्रममा राजधानीलाई फोहोर बनाएको भन्दै जथाभाबी गरिएको फोहोर उठाउन आग्रह गरेको भएपनि राप्रपाले काठमाडौ महानगरपालिकाको निर्णयलाई बेवास्ता गरेपछि जरिवाना गर्ने निर्णय गरेको काठमाडौ महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ  महानगरपालिकाले राप्रपालाई फोहोर मैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार अन्दोलनका क्रममा पुतली सडकमा रहेको ट्राफिक आइल्याण्ड मर्मतकालागि २सय २२ रुपिया ८१ पैसा लागेकाले सोही अनुरुप जरिवाना गरेको कामपाले जनाएको छ ।

कामपाले जरिवाना गर्ने निर्णय सहितको चिठ्ठी बिहीबार तयार पारेको भएपनि समय अभाव रहेकाले भोलि( शुक्रबार) राप्रपाको केन्द्रिय कार्यालय धुम्वाराहीमा बुझाउने भएको छ ।

राप्रपालाई कारवाही गरेको विवरण सहितको चिठ्ठीको बोधार्थ निर्वाचन आयोगलाईसमेत दिने तयारी कामपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्