हेटौंडाबाट १३० किलो गाँजासहित ७ जना पक्राउ



हेटौंडा ।

नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको संयुक्त गस्ती टोलीले मंगलबार दिउँसो करिब २ः३० बजे राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा लागुऔषध गाँजा बोकेर हिँडीरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट संयुक्त प्रहरी टोली उक्त स्थानमा पुगेर नियन्त्रणमा रहेकाहरुलाई जिल्ला प्रहरी ल्याएको हो ।

मकवानपुरको कैलाश गाउँपालिका वडा–४ बस्ने वर्ष २८ का बमबहादुर चेपाङ, वर्ष २७ का वीरमान प्रजा, वर्ष २७ का हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका वडा–७ बस्ने वर्ष १९ का टीकाराम प्रजा, मनहरी गाउँपालिका वडा–५ बस्ने वर्ष ३६ का दीपक थापामगर, वडा–३ बस्ने वर्ष ४४ का रामहरि लुईंटेल र एक नाबालक प्रहरी नियन्त्रणमा छन् ।

उनीहरुको खानतलासी गर्दा लागुऔषध गाँजा १३० किलो १५० ग्राम फेला परेको हुँदा नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्