राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा यादव नियुक्त

1.32k
Shares

काठमाडौँ। 

 राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल  सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रिस्तरिय निर्णय  गर्दै डा यादवलाई ट्रमा सेन्टरको निमित्त मेसुमा नियुक्त  गरेका हुन्।

यसअघि अस्पतालको निमित्त मेसुमा रहेका डा बद्री रिजनललाई हटाउँदै डा यादवलाई नियुक्त गरिएको हो। डा यादवलाई स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त मेसुको जिम्मेवारी दिएका हुन्।