सुरक्षा प्रत्याभूतिको माग गर्दै गृहमन्त्रीकहाँ पुगिन् रमिला

1.79k
Shares

काठमाडौँ।

स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमति रमिलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर सुरक्षाको प्रत्याभूति दिन माग गरेकी छन् । रामहरि श्रेष्ठको हत्या आरोपमा कालीबहादुर खाम पक्राउ परेपछि आफूमाथि थ्रेट आएको भन्दै उनले सुरक्षा माग गरेकी हुन्। जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिए।

घटनाको १६ वर्षपछि आरोपित पक्राउ पर्दा न्यायको आश जागेको भन्दै रमिलाले राजनीतिक पहुँचको आधारमा पक्राउ परेका खाम तत्कालै छुट्ने हो कि भन्ने आशंका व्यक्त गरिन्। जवाफमा गृहमन्त्री लामिछानेने अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने भन्दै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गरे।

मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट परे। माओवादी केन्द्र नेतृत्वको सरकारका बेला सोही दलका नेता खामविरुद्ध कारबाही हुनेमा श्रेष्ठले शंका व्यक्त गरेकी थिइन्। छोरालाई लिएर गृहमन्त्रालय पुगेकी श्रेष्ठले लामो समयपछि भएपनि आरोपित पक्राउ गरेकोमा मन्त्री लामिछानेलाई धन्यवाद दिएकी थिइन् ।

Skip This