मेयर कप हेटौंडा ४ लाई



हेटौंडा ।

हेटौंडा उपमहानगरपालिको वडा नम्बर ४ ले हेटौंडा–१४ लाई सडनडेथमा हराउँदैं चौथो हेटौंडा मेयर कप प्रतियोगिताको उपाधि जितेको छ।

सडनडेथमा ६–५ गोलअन्तरले विजयी हुँदैं उपाधिसहित विजेता टोलीले नगद २ लाख प्राप्त गर्दा उपविजेता टिमले नगद १ लाख ५० हजार पाएको छ। प्रतियोगितामा हेटौंडा १५ नम्बर वडा तेस्रो र १३ नम्बर वडा चौथो हुँदैं क्रमशः ५० हजार र २५ हजार नगद प्राप्त गरे ।

निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको ६२ औं मिनेटमा च्याम्पियन टोलीका तर्फबाट दीपेश भण्डारीले गोल गर्दै अग्रता दिलाएका थिए । खेल सकिन १० मिनेट बाँकी रहेको अवस्थामा उपविजेता टोलीका लागि अनुप रानामगरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

प्रतियोगितामा हेटौंडा–४ का अनिष महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। हेटौंडा–४ गोलरक्षक निरज देउला, मिडफिल्ड दीपेश भण्डारी, प्रशिक्षक शंकर खड्गी, हेटौंडा–१४ का फरवार्ड अनुप रानामगर र डिफेण्डर सुबिन धमला, हेटौंडा–१५ का विश्वास भोलन सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट सबैले जनही ५ हजार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्