दीपेन्द्र एसोसिएटमा नम्बर वान



काठमाडौं ।

दीपेन्द्रसिंह ऐरीले आइसीसी टी २० अलराउण्डर वरियतामा ठूलो छलाङ मारेका छन्। १४ स्थान सुधार गर्दै दीपेन्द्र वरीयतामा ११ औं स्थानमा पुगेका हुन्। दीपेन्द्र आईसीसी टी–२० को अलराउन्डर वरियतामा एसोसिएट अलराउन्डरको शीर्ष स्थानमा समेत पुगेका छन्। एसोसिएट राष्ट्र मध्ये नामिबियाका जेरार्ड एरास्मस १३ औं स्थानमा छन्।

यसअघि उनी वरियतामा २५औं स्थानमा रहेका थिए। ओमानमा जारी एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्रले पहिलो दुई खेलमा प्लेयर अफ द म्याच समेत जिते। योसँगै उनले कतारविरुद्ध अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सो दुर्लभ उपलब्धि हासिल गर्ने पाचौँ खेलाडी समेत बनेका हुन्।

अर्का अलराउण्डर कुशल मल्ल ५ स्थान सुधार गर्दै २७ औं स्थानमा पुगेका छन्। कप्तान रोहित पौडेल ६ स्थान तल झर्दै ६२ औं स्थानमा पुगे भने गुलशन झा ६८ औं स्थानमा छन् । करण केसी ८० औं स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्