सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु



सिन्धुली।

सिन्धुलीमा आठ महिनाको अवधीमा सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । आर्थिक बर्ष २०८०-०८१ को साउन देखि चैत महिना सम्म भएका १ सय ४१ वटा सवारी साधन दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका हुन् ।

सोही अवधीमा भएका दुर्घटनामा परी २ सय ४७ जना घाइते भएका जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको तीन ठूला राजमार्गहरु वीपि, मध्य पहाडी र मदन भण्डारी राजमार्ग तथा विभिन्न् भित्रि सडकहरुमा गरी १ सय ४१ वटा सवारी दुर्घटना भएको हो । सिन्धुलीको विपि राजमार्ग र मदन भण्डारी राजमार्गमा बढी सवारी दुर्घटना हुने गरेका छन् । सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख यज्ञ बहादुर पालका अनुसार बढी जसो दुर्घटना तिब्र गतीका कारण भएको पाईएको छ ।

साउनमा ८ वटा सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । भदौमा १३ वटा सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु, ३२ जना घाइते भएका छन् । असोज महिनामा १२ वटा सवारी साधन दुर्घटनामा पर्दा ३५ जना घाइते भएका छन् भने कार्तिक महिनामा २४ वटा सवारी साधन दुर्घटना हुँदा १ जनाको मृत्यु र ४८ जना घाइते भएको ट्राफिक प्रमुख पालले जानकारी दिनुभयो ।

मंसिर महिनामा २२ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४६ जना मानिस घाइते भएका थिए । पुस महिनामा जिल्लामा १५ वटा सवारी साधन दुर्घटना भएकोमा ५ जना मानिसको मृत्यु र १५ जना मानिस घाइते भएका छन् ।

माघ महिनामा १५ वटा सवारी दुर्घटनामा पर्दा १ जना मानिसको मृत्यु तथा २० जना घाइते भएका छन् भने फागुन महिनामा २२ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु तथा ५० जना घाइते र चैत महिनामा १० वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना मानिस घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना न्युनिकरणको लागि ठूला राजमार्ग तथा भित्रि सडकमा जिल्ला ट्राफिक कार्यालयले सवारी साधन चालक अनुमतिपत्र भए नभएको, ओभर स्पिड, हेलमेट प्रयोग नभएका चालकहरुलाई अनुसन्धान गरी जरिवाना गर्ने गरिएको पालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्