एन्फा उपाध्यक्ष दावा लामा पक्राउ



काठमाडौं ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

२०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए। उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो।

लामालाई २०६१ साउन ८ गते काठमाडौंको वनस्थलीबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्