आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदै छ।

अहमदवादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि सुरु हुने छ। जारी आइपिएलमा गुजरातले अहिलेसम्म खेलेका ६ खेलमा ३ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ।

त्यसै गरी दिल्लीले भने अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ। गुजरात यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ। गुजरात पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियाे।

त्यसै गरी दिल्ली ऋषव पन्तको कप्तानीमा यस सिजनको आईपीएल खेल्दै छ। दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आईपीएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन्।

दिल्ली आईपीएल २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौँ स्थानमा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्