चौताराले उपाधि जित्यो



धादिङ ।

उत्तरी धादिङको सेमजोङमा संचालित १४ औँ वाका कप फुटबल प्रतियोगिताको उपाधि चौतारा युवा क्लबले जितेको छ। चौताराको जितका लागि श्रीकृष्ण तामाङले १ गोल गरे भने फलाटे युवा क्लबका खेलाडीले आत्मघाती गोल गरेका थिए।

विजेता चौताराले २ लाख हासिल गर्दा उपविजेता फलाटे युवा क्लबले १ लाख नगद पुरस्कार पायो। सेमिफाइनलमा रोकिएका दुई टोली ज्वालामुखी सेवा समाज र छार वाका राहा युवा क्लब २५–२५ हजार नगद पुरस्कार पाए।

वाका राहा क्षेत्रको प्रचार प्रसारका लागि स्थानीय छार वाका राहा युवा क्लवले नियमित जिल्लाकै सर्वाधिक राशीको प्रतियोगिता गर्दै आएको छ। नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकीय स्थल अहिंसावादी ज्याम्पल दोर्जे डुब्खाङको प्रमुख आकर्षण बनेको ऐतिहासिक पोखरी वाकारहा अहिले संकटमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्